अत्तरिया हस्पिटलमा (TFL) थुलियम फाइबर लेजर प्रविधिबाट मृगौलामा भएको पत्थरीको उपचार सञ्चालनमा

अत्तरिया : सुदूरपश्चिम प्रदेशको कैलालीमा पनि क्रमिक रुपमा स्वास्थ्य क्षेत्रमा सुधार हुँदै गएको छ । यसैबिच सय बेड मान्यताप्राप्त हस्पिटलको रुपमा संचालनमा रहेको कैलालीको अत्तरियामा रहेको अत्तरिया हस्पिटलमा बिभिन्न किसिमका रोग लागेकाहरुलाई उचित सेवा दिदै आइरहेको छ।

यसैबीच अत्तरिया अस्पतालले सुदूरपश्चिममै पहिलो पटक अत्याधुनिक प्रबिधि थुलियम फाइबर लेजर (TFL)बाट मृगौलामा भएको पत्थरीको उपचार (RIRS) सेवा सुचारु गरेको अत्तरिया अस्पतालका संचालक डा. आनन्द पाठकले जानकारी दिए ।

डा. पाठकले उक्त अत्याधुनिक लेजर प्रविधिबाट उपचार गर्दा सरल तरिकाले भरपर्दो माध्यमबाट कुनै घाउ चिरा बिनानै उपचार गरिने साथै रगत नबग्ने र पीडा रहित प्रक्रिया रहे सँगै मृगौलालाई कुनै हानी नहुने सबैभन्दा छिटो रिकभर हुने भएको बताएका छन । उनले अत्तरिया हस्पिटलमा थुलियम फाइबर लेजर (TFL) प्रबिधिबाट उपचार सञ्चालन आएको साथै १ महिनाका लागि विशेष छुटको साथमा PCNL कै शुल्कमा मृगौलाको पत्थरीको उपचार गराउने समेत बताएका छन।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.