गोदावरीको स्याउले बजारमा गौरा विशेष मेलाको उद्घाटन

अत्तरिया : कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ स्याउलेमा गौरापर्व विशेष मेलाको उद्घाटन गरीएको छ । आज एक औपचारिक कार्यक्रमकाबिच सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बहादुर बमले उद्घाटन गरेका हुन् ।

स्याउले स्थीत विश्वनाथ महादेव मन्दिर परिसरमा आजदेखी सुरु भएको मेला भदौ १६ गतेसम्म सञ्चालन हुने छ । मेलामा विभिन्न ठाँउका चर्चित डेउडा कलाकारहरुको पनि उपस्थिति रहेको छ ।

फरक फरक दिन सुदूरपश्चिमका ८ वडा जिल्लाबाट आमन्त्रीत कलाकारहरु तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहेको मेलाका संयोजक गोपाल देउवाले बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.