अत्तरियाबाट नेकपा बहुमतका ६ जना पक्राउ

अत्तरिया : प्रहरीले नेकपा बहुमत निकट ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयको आदेशअनुसार इलाका प्रहरी कार्यालय मालाखेतीले ६ जनालाई पक्राउ गरेको हो। अत्तरियाको प्रतिभा पुस्तकालयमा बैठक बसिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको हो।

सुदूरपश्चिम बिद्यार्थी कमिटीको बैठक बसिरहेका बेला प्रहरीले धरपकड गरेको सो पार्टीका कञ्चनपुर इन्चार्ज हरिश दयालले बताए। प्रहरीले भने पक्राउ गर्नुको कारण खुलाएको छैन। पक्राउ परेका ६ जनालाई अहिले जिल्ला प्रहरी कार्यालय कैलाली ल्याइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.