अत्तरिया, १७ भदौ : कैलालीको गोदावरी नगरपालिकाले पूर्णरुपमा प्लाष्टिकजन्य बस्तु प्रतिवन्ध हुँदैछ । त्यसका लागि नगरपालिकाले बजार अनुगमन अगाडि बढाएको छ । सोमबार मात्र बजार अनुगमन गरेको छ । सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र सँगै प्रदेश राजधानीको शहरले चिनिएको अत्तरिया बजारमा नगरपालिकाद्वारा प्लाष्टिक जन्य पदार्थ प्रतिबन्ध सँगै ब्यावसायी दर्ता विवरण जानकारी लिन अनुगमन गरेको हो ।
नगरपालिकाले केही दिन अगाडि विभिन्न संचारमाध्यमलाई उपलब्ध गराएको सुचना, बजारमा माईकिङ सँगै बजार अनुगमन मार्फत प्लाष्टिकजन्य सामग्रीहरु पूर्णरुपमा प्रयोग तथा बिक्रि वितरणमा प्रतिवन्ध गरिने जनाएको थियो ।
नगरपालिकाले ४० माइक्रोन भन्दा कमका झोलाहरु, डिस्पोजेबल वस्तुहरु जस्तै थाली, कप, थाल, गिलास, कचौरा, चम्चा, आदि, रेस्टुरेन्ट, होटलहरूमा खानाको प्याकेजिङका लागि प्रयोग गरिने प्लाष्टिकका सामानहरु लगायतका रहेका छन ।
नगरउपप्रमुख शारदादेवी रोकायाको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडा अध्यक्ष, विभिन्ना शाखाका कर्मचारी, नगर प्रहरी तथा मालाखेती ईप्रकाका प्रहरी लगायतको टोलीले गोदावरी नगरपालिका वडा नं. २ पहाड लाईन र वडा न. १ को धनगढी लाईनमा रहेको पसलहरुको अनुगमनमा प्लाष्टिक जन्य पदार्थ आज (मंगलबार) देखि नै कडाईका साथ लाग्ने छ । सोमबार सबैलाई जनचेतनासँगै प्रतिबन्धित प्लाष्टिक प्रयोगमा नल्याई दिन अनुरोध समेत गरेको छ ।
बजार अनुगमनकै क्रममा गोदावरी नगरपालिकाका उपप्रमुख शारदा देवी रोकायाले बजारमा प्लास्टिकयुक्त वस्तु निषेधित गर्ने, फर्म दर्ता, नवीकरण भए नभएको अनुगमन गरिएको बताईन् । शुक्रबार गरिएको अनुगमन हाल सुझाब मात्र दिएको र अब उपरान्त प्लास्टिक जन्य वस्तुको प्रयोग गरिएको पाइएमा जरिवाना सहित कारबाही गर्ने उनले बताईन् ।
त्यसैगरी बजार अनुगमनकै क्रममा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीदत्त भट्टले प्लास्टिक जन्य पदार्थ निषेधित र विकल्प सहित सबैले प्रयोगमा ल्याउन सुझाव सहित ब्यवसाय दर्ता प्रक्रिया अगाडी बढाउन सबैलाई ध्यानआक्रर्षण गरेको बताए । ‘मापदण्ड भन्दा फरक खालका प्लाष्टिक प्रयाग गर्न अनुरोध गरेका छौँ । अव नगरमा हरेक दिन नगर प्रहरीले अनुगमन गर्छ । कत्तै प्रयोग गरेको पाएकमा त्यसै अनुसार जरिवाना हुनेछ ।
यस अघि पनि नगरपालिकाले ३० दिने सुचना जारी गरेर प्लाष्टिकजन्य बस्तु प्रतिवन्ध लगाउन खोजेको थियो तर उक्त उक्त निर्णय पूर्ण रुपमा कार्यान्वयन आएको छैन । नगरपालिकाले सोही अनुसार ठाउँ–ठाउँमा नगरबासीलाई सचेतना गराउन होर्डिङ बोर्ड पनि राखेको छ ।
सम्बन्धित पाेस्टहरु