सर्लाही : सर्लाहीमा एक जनाले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। बाबु गम्भीर घाइते छन्। सर्लाही हरिपुर्वा नगरपालिका वडा नम्बर ५ मा बुधबार राति पौने दुई बजे ती अभियुक्तले गोली प्रहार गरी २३ वर्षीया श्रीमती चित्रलेखा यादवको हत्या गरेका हुन्। गोली प्रहारबाट ५४ वर्षीया बुवा रामदिनेश रायलाई घाइते बनाएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।
अभियुक्त हाल फरार रहेको र खोजी भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। प्रहरीले अभियुक्तको पहिचान खुलाएको छैन। चित्रलेखा बायाँ कञ्चटमा गोली लागेको अवस्थामा फेला परेको र उनको घटनास्थलमै मृत्यु भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। घाइते बाबुका प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको श्रेष्ठले बताए। प्रहरीले घटनास्थलबाट दुई राउन्ड खोका र एक थान नपड्किएको गोलीसमेत बरामद गरेको छ।