धनगढी–मोहन्याल तल्लापानी बस सेवा उद्घाटन

सुखड, १० असोज : धनगढी–मोहन्याल तल्लापानी जाने बस सेवाको उद्घाटन गरीएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखड चोकमा एक कार्यक्रम आयोजना गरी धनगढी–मोहन्याल तल्लापानी जाने बस सेवाको उद्घाटन गरिएको हो । नगर प्रमुख खडकबहादुर रावतले हरियो झन्डा देखाएर उक्त बस सेवाको उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख रावतले छिमेकी पालिकाहरूसँग जोड्न र ग्रामीण भेगका जनतालाई सहजताका लागि बस सेवा सञ्चालन गर्न पहल गर्ने घोडाघोडी उद्योग वाणिज्य सङ्घलाई धन्यावाद दिए । धनगढी–मोहन्याल तल्लापानी जाने बस सेवालाई निरन्तरता दिनु पर्नेमा उनको भनाई थियो । बस सेवा सञ्चालन हुनु आर्थिक सामाजिक लगायत अन्य कुराहरूमा धेरै फाइदा पुग्ने नगर प्रमुख रावतको भनाई थियो ।
घोडाघोडी उद्योग वाणिज्य संघको विशेष पहलमा सुदूरपश्चिम यातायात प्रा.लिले धनगढी–मोहन्याल तल्लापानी जाने बस सेवा सञ्चालनमा ल्याएको हो । धनगढी, सुखड, दिपनगर, लठुवा, तारानगर, जरही, चायाँ भाबर हुँदै मोहन्याल, तल्लापानी चल्ने रुट तोकिएको जनाएको छ । हरेक दिन सुखड चोक बाट साँझ साडेँ ४ बजे तल्ला पानीका लागी छुट्ने र तल्लापानी बाट बिहान ७ बजे धनगढीको लागी बस छुट्ने सुदूरपश्चिम यातायात प्रा.ली.ले जनाएको छ ।
घोडाघोडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दुर्गाप्रसाद गौतम (जैसी) को सभापतित्वमा भएको हो । कार्यक्रममा विशिष्ट अतिथि वडा नम्बर १ का वडा अध्यक्ष धनश्याम ओझा, मोहन्याल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष पिरम बुढा रहेका थिए । कार्यक्रममा सुदूरपश्चिम यातायात प्रा.ली का अध्यक्ष पदमराज सापकोटा, इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र कुमार पाल लगायत विभिन्न सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव निरक हमालले गरेको थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.