अत्तरियाबाट जुवातास खेलिरहेको अवस्थामा ९ जना नगदसहित पक्राउ

अत्तरिया : कैलालीको अत्तरियाबाट जुवातास खेलिरहेको अवस्थामा ९ जना नगदसहित पक्राउ परेका छन् । गोदावरी नगरपालिका वडा नम्बर १ अत्तरिया विजयनगरमा केशर सिंह गुरुङको घरमा जुवातास खेलिरहेका ९ जना आज (शनिबार) दिउँसो पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका वडा नम्बर १ बस्ने बर्ष ६६ वर्षीय घरधनी गुरुङ, सोहि ठाँउका ४२ वर्षीय निरज शाह, ४१ वर्षीय खगेन्द्र योगी रहेका छन् । त्यस्तै गोदावरी २ का ४० वर्षीय बुद्धी सापकोटा, ३७ वर्षीय नरेश रोकाया, ६३ वर्षीय मिनप्रसाद सिरिस, ४० वर्षीय मानबहादुर ऐरी तथा वडा नम्बर ४ बस्ने ५४ वर्षीय धिर्कबहादुर बम र ४० वर्षीय विजय चौधरी रहेका छन् ।

उनीहरुको साथबाट एकतिस हजार तिन सय सत्तरी रुपैयाँ नगद समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुत्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.