अत्तरिया पतञ्जली योग समितिको साधारण सभा सम्पन्न

अत्तरिया, १२ असोज : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–१ अत्तरियामा रहेको पतञ्जली योग समितिको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार एक औपचारिक कार्यक्रमका बिच समितिका अध्यक्ष दुर्गा प्रसाईको सभापतित्व तथा गोदावरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष एवम् नगर प्रवत्ता गोपालदत्त भट्टको प्रमुख आतिथ्यमा छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सभामा आफ्नो भनाई राख्दै भट्टले स्वस्थ शरीरका लागि योग अनिवार्य रहेको बताए । उनले अत्तरिया पतञ्जली योग समितिले योग कक्षाहरु सञ्चालन गरी स्थानीयको स्वास्थ्य स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेलिरहेको बताए । उनले स्वास्थ्य नै अमुल्य धन भएकोले स्वास्थ्यमा समस्या आएपछी उपचारमा जानुभन्दा पनि रोग लाग्न नै नदिनु बुद्धिमानी हुने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.