अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ मा अत्तरियामा रहेको थ्रीडिभिएल बहुउद्देश्यीय सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएकोे छ ।
आज (शनिबार) एक समारोहका बिच सहकारीका अध्यक्ष दिपक ओझाको सभापतित्व तथा राष्ट्रिय सहकारी बैंक धनगढीका प्रमुख दिनेश गेलालको प्रमुख आतिथ्यमा सहकारीले तेस्रो साधारण सभा सम्पन्न गरेको हो । गत आर्थिक वर्षमा सहकारी ६३ लाख बराबरको आर्थिक कारोबार गरेको छ भने सेयर पुँजीमा ४ लाख वृद्धी गरी ११ लाख ७१ हजार तीन सय पुगाएको छ । त्यस्तै सहकारीसंग बचततर्फ ६३ लाख ४४ हजार दुई सय तीस रुपैयाँ रहेकोमा ६० लाख ८८ हजार ६ सय ४३ रुपैयाँ लगानि गरेको छ ।
सबै खर्च कटाएर गत आर्थिक वर्ष २०८०\८१ मा सहकारीले ९ हजार ९ सय ५१ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । साधारण सभामा सहकारीका शेयर सदस्यहरुसहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । सभाको सञ्चालन सहकारीका सचिव देवराज भण्डारीले गरेका थिए भने प्रबन्धक डबल साउँदले वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।