अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष

अत्तरिया, १४ असोज : कैलालीको अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीले दशै, तिहार र छठ पर्वलाई लक्षित गर्दै आइतबार यात्रु सहायता कक्ष स्थापना गरेको हो ।
चाडबाडमा हुने भीडभाडमा यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले बताए ।
चाडपर्वको बेलामा भिडभाड बढी हुने हुँदा यात्रुले विभिन्न सास्ती पाउन सक्ने भन्दै यात्रु सहायता कक्ष स्थापना गरिएको थापाले बताए । यात्रु सहायता कक्षामार्फत ट्राफिक नियम सचेतना गराउने, क्षमताभन्दा बढी यात्रु राखेको, तोकिएभन्दा बढी भाडा लिएको विषयमा चेकजाँच गर्ने उनको भनाई छ ।
कक्षबाट सवारी र यात्रुको चाप हुने समयलाई मध्यनजर गरि बिहान ५ बजेदेखि राति १० बजेसम्म सेवा दिने व्यवस्था मिलाइएको छ भने अन्य समयमा गस्ति र मोबाइल ड्युटीको प्रहरीले हेर्ने बताइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.