Agni Offset Press

पेट्रोलियम पदार्थको मूल्य घट्यो

Aarati simant

अत्तरिया : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आज राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर १, डिजेल र मट्टितेलमा २ रूपैयाँका दरले मूल्य घटाएको छ।

यस्तै हवाई इन्धनमा आन्तरिकमा ६ र बाह्यमा प्रतिहजार लिटर ४५ रूपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ।
मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५५ र डिजेल र मट्टितेल १४६ रुपैयाँ कायम भएको छ ।

त्यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५७ र डिजेल तथा मट्टितेल १४६ रुपैयाँ कायम भएको छ । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य १५८ रुपैयाँ र डिजले तथा मट्टितेलको मूल्य १४७ प्रतिलिटर कायम भएको छ ।
त्यस्तै आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर १२६ कायम भएको छ । अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकिलोलिटर ९६० अमेरिकी डलर र पोखरा तथा भैरहवामा ८६० रुपैयाँ प्रतिलिटर कायम गरिएको आयल निगमले जनाएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.