
अत्तरिया, १५ असोज : कैलालीको गोदावरी गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधि सभामा थन्किएको भन्दै छलफलका लागि अगाडि बढाउन माग गर्दै शिक्षा, विज्ञान, तथा सुचना प्रविधि समितिका सभापति अमर थापालाई ज्ञापन पत्र बुझाएको छ ।
मंगलबार शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संर्घष सुदूरपश्चिम समितिको नेतृत्वमा ज्ञापनपत्र बुझाएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सद्स्य लक्षीराम आचार्यले जानकारी दिए ।
स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनार्थ विधेयक राष्ट्रियसभबाट पारित भई प्रतिनिधि सभाबाट सर्बसम्मतरुपमा दफावार छलफल लागि शिक्षा, विज्ञान, तथा सुचना प्रविधि समितिमा पेश भएको तर महिनौ वितिसक्दा पनि छलफलको प्रक्रियामा नै सुरु नभएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्रमा गेटामा ६ सय शैयाको अस्पताल सञ्चालन गर्नुपर्ने संर्घष समितिको माग रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सम्बोधन गर्दै बुझाएको ज्ञापन पत्रमा ५० शैयाको अस्पतालले सुदूरपश्चिमको स्वास्थ्य परिपूर्ति हुन नसक्ने जानकारी गराउँदै यथासिघ्र ३ शैया हुँदै ६ सय शैयाका पूर्णकालिन अस्पताल सञ्चालन हुर्नुपर्ने समितिका संयोजक लोकराज पाण्डे ‘आगो’ र उपसंयोजक आनन्द भट्ट द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । समितिले बुधबार स्वास्थ्य मन्त्री, सभामुख र प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन कार्यक्रम रहेको छ ।
संघीय मन्त्रिपरिषदले २०७९ माघ २९ गते गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय गरेको थियो । गेटामा शिक्षा मन्त्रालयले झण्डै ६ अर्बका भौतिक संरचनाहरु निर्माण गरेको छ । तर, सरकारले निर्णय गरेको दुई वर्ष हुँदा पनि प्रतिनिधि सभाले ऐन तयार परेको छैन ।
