Agni Offset Press

तेघरीमा विपद् जोखिम न्यूनीकरणका कृत्रिम घटना अभ्यास

Aarati simant

अत्तरिया, १५ असोज : भूकम्प र सडक दुर्घटनाको प्रकोपबाट हुने क्षति कम गर्न र प्रकोपपछि उद्धार र राहत वितरणको कृत्रिम अभ्यास कैलालीको गोदावरी नगरपालिकाको तेघरीमा गरिएको छ ।
गोदावरी नगरपालिका वडा न. २ को तेघरीमा रहेको सिद्दार्थ हार्डवयरको प्राणगडमा कार्यक्रम सञ्चालन गरिएको हो । भूकम्प र सडक दुर्घटनाको प्रकोपबाट आयोजित कार्यक्रममा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी स्वरुप कृत्रिम घटना अभ्यास गरिएको आयोजक जिल्ला प्रशासन कार्यालय कैलाली प्रमुख धर्मेन्द्रकुमार मिश्रले बताएका छन ।
कृत्रिम अभ्यास कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, गोदावरी नगरपालिकाका नगर प्रहरी, जनप्रतिनिधि, स्थानीय विपद् व्यवस्थापन समिति, स्थानीयको सहभागिता रहेको थियो । रेडक्रसबाट सञ्चालित बाल केन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रम अन्तरगत सो अभ्यास गरिएको हो ।
विपद्को समयमा प्रभावकारी रुपमा उद्धार कार्यमा सजिलोका लागि कृत्रिम घटना अभ्यास कार्य सम्पन्न गरिएको हो । विपद् पूर्व तयारी तथा प्रतिकार्यको तालिम पाएका दक्ष जनशक्तिले विपद्को बेलामा गरिने उद्धारको कृत्रिम अभ्यास गरेका हुन् ।
प्रकोप जुनसुकै समयमा पनि आउने भएकाले प्रकोपका घटनाबाट क्षति कम गर्न यस्ता अभ्यासहरु नियमित भएमा समुदाय चनाखो हुने र विपद्पछि पनि सहजीकरण गर्न सकिने अवस्थामा पुग्ने नुवाकोट रेडक्रसका सचिव उद्धव शर्मा रिजालले बताए । नेपालमा विभिन्न प्रकोपहरु जस्तै बाढी पहिरो, आगलागी, चट्याङ, हावाहुरीले वर्षेनी धनजनको क्षति हुने गरेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.