धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालक बेहोस्

अत्तरिया, १६ असोज : कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालक घाईते भएका छन । बुधबार बिहान साढे २ बजेको समयमा धनगढी उपमहानगरपालिका–१९ को धामी चोकमा हसुलिया जाँदै गरेको ०१०१२ प ५५१८ मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा चालक सोही ठाउँ बस्ने ४० वर्षीय प्रदीप चौधरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । मापसे गरेको अवस्थामा मोटरसाइकल चलाइरहेको अवस्थामा अनियन्त्रित भएर दुर्घटना भएको थियो । बेहोस् अवस्थामा उद्दार गरिएका उनको धनगढीमा उपचार भइरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.