गोदावरी–१० को कालिका टोलमा नव निर्मित मन्दिर मेयर भट्टद्वारा उद्घाटन

अत्तरिया, १७ असोज : गोदावरी नगरपालिका–१० को कालिका टोलमा नव निर्मित मन्दिरको उद्घाटन गरिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा नव निर्मित मन्दिरलाई गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका हुन । नगर को ८ लाख बजेटमा मन्दिर निर्माण गरिएको समितिका अध्यक्ष महादेव कामीले जानकारी दिए ।
कार्यक्रममा नगर प्रमुख भट्टले भने, ‘विभिन्न समुदायको आ–आफ्नै धर्म संस्कृतीहरु छन् यिनिहरुको संरक्षण र जगेर्ना गरी धार्मिक सहिष्णुता समाजमा कायम राख्नुपर्ने बताएका छन ।’ नगरप्रमुख भट्टले भने । उनले पालिकामा मन्दिर वन्नु राम्रो काम भएको भन्दै यस्ता रचनात्क कामले धार्मिक आस्था बृद्धि हुने बताए । उनले पालिकाले पनि यस्ता धार्मिक मठ मन्दिरलाई महत्वका साथ हेरको भन्दै आगामी दिनमा यो प्रकारका क्रियाकलापका लागि पालिकाले पनि लगानी गर्दै गरेको वताएका छन ।
मन्दिर उद्घाटन कार्यक्रममा गोदावरी नगरपालिका वडा न. १० का वडा अध्यक्ष रबिन्द्र शाही ‘गुड्डु’ ले भने, हिन्दु धर्ममा आस्थावान हामी सबैले धर्म सँगै कर्ममा विश्वास गर्ने भएकाले पहिचान र पर्यटन विकासका लागि मन्दिरको निर्माण गरिएको बताए ।
मन्दिर उद्घाटन कार्यक्रममा स्थानीय गंगाराम कामी भने गाउँमै मन्दिर निर्माण भएपछि सवैलाई सुबिधा भएको भन्दै मन्दिरको थप ब्यवस्थापनका लागि आफुले पनि ब्यक्तिगत सहयोग गर्ने बताए । सो अवसरमा मन्दिरमा राखिएको शिवको मूर्तिमा प्राण प्रतिष्ठा गरि सोहि दिन देखि नित्यपुजाआजा समेत सूरु गरिएको छ । उद्घाटन कार्यक्रममा राजनीतिकदल, स्थानीय जनप्रतिनिधि, स्थानीय समाजसेवी, बुद्दीजिवी लगायत स्थानिय जनताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.