अत्तरिया : सुदूरपश्चिम प्रदेशका सीमा नाकामा भारतबाट फर्कीनेहरुको भिड छ । सुदूरपश्चिमका चार वटा मुख्य नाका कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटबाट धेरै नेपालीहरु दशैं मनाउन घर फर्किका छन । दशैंका बेला घर फर्किने नेपालीहरुको संख्या बढी हुने भएकाले सवारी धनी, बाटोमा खाना खाने होटल र सीमा नाकामा भारतीय सुरक्षाकर्मी चेकजाँचको सास्ती पनि उस्तै छ ।
‘बसको टीकटमा पनपरि छ । खाना खान रोकेको ठाउँमा पनि सामान्य खानाको तीन÷चार सय भारु भनेर लुटने गरिएको छ । खाना पनि बासी जस्तै । नेपालमा रोजगार नभएकाले यस्तो नीयती भोग्नु परेको नी’ दार्चुलाकै शिवराज भट्टले भने । ‘नेपालमा रोजगार पाउने भए किन हामीहरु भारत जान्थ्यौं र ?’
कैलालीको बर्दगोरिया गाउपालिका मुडा भन्ने स्थानका विजय सुनार पनि सोमबार गौरीफन्टा नाकामा भेटिए । गत वर्षको मंसिरमा भारतको महाराष्ट्र राज्यमा पर्ने पुनाबाट दशैंका लागि फर्किका उनको मुहारमा उमंग थियो । ‘घरमा साना भाई बहिनिहरु छन, उनीहरुको पढाई खर्चका लागि १० कक्षा छोडेर भारत गएका हुँ । तर कमाएको जति रकम बाटोमै सकिन थालेको छ’ निरास हुँदै उनले भने ।
तर विजयको मुहारमा केही चमक देखिन्थ्यो । ‘दशैंमा साथीभाई, आमाबुवा र आफन्तसँग भेटघाट हुन्छ । बुवा आमाको हातबाट टीका जमरा लगाउन सधैं काँ पाईन्छ, खर्च भएपनि दशैंमा रमाईलो गर्न स्वदेश फर्केको’ नेपाल तर्फ बसमा बसिसकेका उनले भने । ‘नेपालमा केही रोजगार पाईथ्यो भने हामी किन अर्काको देशमा मजदूरी गर्न जानुपथ्यौ र ?’
सुदूरपश्चिममा भण्डै २७ लाख जनसंख्या छ । त्यसको ३० प्रतिसत अथवा ८ लाख भन्दा बढी मानिसहरु कामका लागि भारत जाने गर्छन । केही पढेलेखेका युवाहरुका लागि भारतको मुम्बई, बेंगलोर र राजधानी नयाँदिल्ली जस्ता ठुला शहरहरु जागीरका गन्तब्य हुन भने उत्तराखण्ड राज्य र उत्तरप्रदेशमा पनि ठुलो संख्यामा नेपालीहरु काममा लागि जाने गरेका छन ।
त्यसमध्ये अधिकांस दशैं तिहारका लागि घर फर्किने गरेकाले सीमा नामामा भिडभाड भएको हो । मनमा दशैंको उमंग बोकेर आएकाहरु बाटोको सकस र भारतीय सुरक्षाकर्मीहरुको सकसले परेसान हुने गरेका छन । ‘बाटोमा सारै सकस छ । नेपाली भनेर हेपेर बोल्ने, खाने ठाउँमा पनि मनपरि रुपमा पैसा लिने, सीमा नाकामा पनि तीन÷चार ठाउँमा भारत र त्यो भन्दा पनि बढी ठाउँमा नेपाल पुगेर चेकिंङ हुने गरेकाले पनि सकस हुने गरेका छ’ भारतको मुम्बईबाट दशैंका लागि फर्केका कैलालीको गौरीगंगा नगरपालिकाका दिपक जैगडीले भने ।
घटस्थापना देखि नै भारतबाट स्वदेश फर्किने नेपालीहरुको चाप बढन थालेको हो । गौरीफन्टा नाकामा रहेको शसस्त्र प्रहरीको तथ्यांक अनुुसार उक्त नाकाबाट घटस्थापना यतामात्रै सोमबार सम्म १३ हजार नेपालीहरु घर फर्किसकेका छन । यस्तै कञ्चनपुरको गड्डाचौकी, झुलाघाट र दार्चुलाको सीमा नाकाबाट पनि यस्को दोब्बर संख्यामा नेपालीहरु स्वदेश फर्किका छन ।
अझै दशैं आउन एक हप्ता छ । छोटो विदा पाएकाहरु अझै अष्टमी नवमी सम्म पनि टीकाला लागि भन्दै स्वदेश फर्किने क्रम जारी रहनेछ । नेपालको दशैं र तिहार, सीमा क्षेत्रमा खटिएका भारतीय सुरक्षाकर्मीहरुका लागि पनि अवैध असुली गर्ने मुख्य धन्दा भएको छ । घटस्थापना देखि स्पदेश फर्किने नेपालीबट रकम असुली हुन थालेको थियो ।
‘