गौरीगंगाको एक विद्यालयबाट चोरी गर्ने तीन जना सामान सहित पक्राउ

अत्तरिया : कैलालीको गौरीगंगाको एक विद्यालयबाट विभिन्न सामानहरु चोरी गर्ने तीन जना सामान सहित पक्राउ परेका छन् । गत शुक्रबार गौरीगंगा नगरपालिका वडा नम्बर ३ स्थीत मिनर्वा ईङ्लिस बोर्डिङ स्कुलबाट ल्यापटप मोबाईल, तामाका भाँडाकुडासहितका सामान चोरी भएका थिए ।

चोरी भएका सामानसहित गोदावरी नगरपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय समिर चौधरी, गौरीगंगा नगरपालिका वडा नम्बर ३ बस्ने १७ वर्षीय जनक साउद र आशिष खड्का रहेका छन् । सोमबार उनीहरुलाई सामानसहित पक्राउ गरि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.