अत्तरियामा आजदेखि हुने भनिएको प्रदर्शनमा व्यापारीहरुको तोडफोड

अत्तरिया : कैलालीको अत्तरियामा आजदेखि हुने भनिएको बिक्री, वितरण, प्रर्वद्धन र प्रदर्शनी बजारको व्यापारीहरुले तोडफोड गरेका छन् । बजारको नाउँमा अत्तरियाका व्यवसायीहरुमाथि अन्याय गरेको भन्दै उनीहरूले तोडफोड गरेका हुन् ।

नारा बमोजिमको सामान नराखेर सेलमा सामान राख्दा वर्षभरी कर तिरेर व्यापार गर्नेहरुलाइ मार्का पर्ने अत्तरियाकी व्यवसायी दुर्गा कडायतले बताइन् ।

सुदूरपश्चिम प्रदेशका उत्पादन वस्तुहरू बिक्री, वितरण, प्रर्वद्धन र प्रदर्शनी बजारको आज बिहान साढे दश बजे नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम थियोे । उनिहरुले गेट पनि भत्काएका छन् ।

नेपालीहरुको महान् पर्व दशैं–तिहारलाई लक्षित गरेर ‘सुदूरपश्चिमकै लगाउने,सुदूरपश्चिम कै खाने’ उद्देश्यका साथ नेपाल चेम्बर्स अफ कमर्स सुदूरपश्चिम प्रदेश, कैलाली चेम्बर्स अफ कमर्स अत्तरिया र समृद्ध सुदूरपश्चिम अभियानको संयुक्त आयोजनामाअसोज २२ गते देखि कार्तिक १७ गते सम्म प्रदर्शनी बजार लाग्दै थियोे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.