अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा असोज मंगलबार देखि यहि कार्तिक १७ गतेसम्म हुने भनिएको सुदूरपश्चिम प्रदेशका उत्पादन वस्तुहरू बिक्री, वितरण, प्रवद्र्धन र प्रदर्शनी बजार स्थगित भएको छ ।
हिन्दुधर्मालम्बीहरुको महान् पर्व दशैं–तिहारलाई लक्षित गरेर ‘सुदूरपश्चिमकै लगाउने,सुदूरपश्चिम कै खाने’ उद्देश्यका साथ नेपाल चेम्बर्स अफ कमर्स सुदूरपश्चिम प्रदेश, कैलाली चेम्बर्स अफ कमर्स अत्तरिया र समृद्ध सुदूरपश्चिम अभियानको संयुक्त आयोजनामा बजारको आयोजना गरिएको थियो ।
तर अन्तिम समयमा अत्तरियाका व्यवसायीहरुले आफुहरुको व्यवसायमा असर पर्ने भन्दै विरोध जनाएपछी प्रदर्शनी बजार स्थगित गरिएको आयोजकले विज्ञप्तीमार्फत जानकारी दिएको छ । आयाजकले आफुहरुले विभिन्न विकल्प दिँदा पनि अर्को पक्षले नमान्दा स्थगित गर्नुपरेको आयोजकले जनाएको छ । आर्को सूचना जारी नभएसम्मकालागि बजार स्थगित गरिएको जनाएको छ ।
उक्त बजारको नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यतालिका रहेको थियो ।