Agni Offset Press

महिला सेलमा घरेलुहिंसा सम्बन्धी घटनाका ९५ उजुरी

Aarati simant

अत्तरिया : जिल्ला प्रहरी कार्यालय कैलालीको महिला सेलमा ९५ घरेलु हिंसाका घटना सम्बन्धिका उजुरी परेका छन । चालु आर्थिक वर्ष २०८१\0८२ को भाद्र महिनासम्म सो संख्याका उजुरी परेका हुन । श्रावणमा ५४ र भाद्र महिनामा ४१ उजुरी परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कल्पना पौडेल बस्ताकोटीले जानकारी दिइन् ।

८७ वटा उजुरीमा मिलापत्र भएको र ८ वटा उजुरी बाँकी रहेको उनले बताइन् । दुई महिनाको अवधिमा ५७ महिला हराएकोमा ४९ जना फेला परेको उनले बताइन । ८ जना अझै फेला परेका छैनन् । १३ जना बालक हराएकोमा ५ जना फेला परेको र ८ जना अझै फेला नपरेको उनको भनाइ छ । ‘४१ जना बालिका हराएकोमा ३९ जना फेला परेका छन्’ उनले भनिन् ‘ २ जना फेला परेका छैनन् ।’ त्यस्तै लैङ्गिक हिंसा अन्तरगत परेका ३३ उजुरीमा २७ वटा उजुरी फछ्र्यौट भएको र ४ वटा उजुरी फछ्र्यौट हुन बाँकी रहेको उनले जानकारी दिइन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.