Agni Offset Press

कैलालीमा पासोमा परेको चितुवा मर्‍यो

Aarati simant

अत्तरिया : कैलालीको जानकी गाउँपालिका-६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा उद्धार गरिएको चितुवा मरेको छ ।

पासोमा परेको वयस्क भालेलाई आज (बिहिबार) बिहान चितुवाको बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको टोलीले उद्धार गरेको थियो । उद्धार गरी थप उपचार र पुनःस्थापनाका लागि डिभिजन वन कार्यालय पहलमानपुरमा राखिएको चितुवा केही समयपछि मरेको सब डिभिजन वन कार्यालय टीकापुरका वन अधिकृत विश्वराज पण्डितले जानकारी दिए।

पण्डितका अनुसार चितुवा अन्य कुनै ठाउँमा पासोमा परेको र त्यहाँबाट उम्भिएर काठको लामो किलासहित भागेको अवस्थामा झाडीमा अल्झिएको अवस्थामा भेटिएको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.