Agni Offset Press

कोलमुडा नाईल–सल्लीचाप सडकको सरसफाई सुरु

Aarati simant

अत्तरिया : गोदावरी नगरपालिका वडा न. १२ को चौकी डाँडा फल्टुडे सडक खण्ड अन्तरगत कोलमुडा नाईल कृषि सडकको मर्मत तथा सरसफाई कार्य सुरु भएको छ । नगरपालिकाको आर्थिक सहयोगमा चाप, सल्लि, नायल सडक र हलौडे देखि बड्डिमछेलि, कौवाछेडा फल्टुडे सडक सफाइको निर्माण कार्य सन्चालन भएको हो ।
बर्षातको समयमा खोला नाला सँगै खहरे खोलाको पानीले बर्षाको भलबाट सडक खण्डमा पुगाएको क्षतिलाई मर्मत तथा सरसफाईका लागि गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टको निर्देशन पश्चात यस क्षेत्रको सडक मर्मत कार्य सुरु भएका जनाएको छ ।
सडक मर्मत अन्तरगत वड्डी मछेली, कोलमुडा नाईल, त्रिबेणी धाम, सिद्दा बाबा क्षेत्रमा मर्मत तथा सरसफाई कार्य सुरु भएको छ । वडा न. १२ का वडा अध्यक्ष भिमबहादुर खड्काले खानेपानी, शिक्षा र सडकका लागि गाउँ बस्तीको विकासला अहोरात्र खटिएको दावी गरे । यस क्षेत्रको विकासका लागि नगर प्रमुख बिरेन्द्र भट्टले गरेको प्रयास र प्रथमिकता दिएकोले धन्यवाद ज्ञापन समेत गरेका छन । साथै स्थानयि रुपमा दिपककुमार खत्री समेत यस क्षेत्रको विकासका लागि लागि परेका छन ।
राजमार्ग सुदूरपश्चिम प्रदेशको ७ जिल्ला जोड्नको लागि वैकल्पिक राजमार्गको रुपमा अगाडि बढाउने जनाएको छ । सुदूरका पहाड तराई जोड्नका लागि छोटो र विकासका लागि आवश्यक पनि देखिन्छ । प्रत्येक वर्ष बाढी पहिराले सडकमा क्षति प–याउने भएकाले सडक मर्मत र सरसफाइलाई यहाँका स्थानीय तहले सधैँ प्राथमिकता राख्ने गरेका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.