Agni Offset Press

प्लेन चड्न जान मानेनन्र रविले, गाडीमै पोखरा लगिँदै

Aarati simant

अत्तरिया : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने हवाइमार्गबाट जान नमानेपछि गाडीबाटै पोखरा लगिएको छ। शुक्रबार जिल्ला अदालत, कास्कीको अनुमतिमा प्रहरीले उनलाई काठमाडौँबाट पक्राउ परेका उनलाई आजै पोखरा लान लागेको हो।
रविलाई पोखरा लैजानका लागि प्रहरीले बुद्ध एयरको टिकट बुक गरिसकेको थियो। प्रहरी स्रोतका अनुसार, रविलाई पोखरा लैजान ९ वटा टिकट बुक समेत भएको थियो।
प्रहरीले सडकमार्गमा असुरक्षित हुने भन्दै रविलाई हवाइमार्फत जान आग्रह गरेको थियो। बेलुकी ८ः२५ बजेको बुद्ध एयरको जहाजमा ९ वटा टिकट बुक भएपनि अन्तिममा रविले नमानेपछि स्थलमार्गबाटै लैगिँदै गरेको प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिए।
रवि पक्राउ पर्दैगर्दा पार्टी कार्यालय, वनस्थलीमा उपस्थित समर्थकको भिडले प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गरेका थिए। पक्राउ पर्नुअघि रवि लामिछानेले संक्षिप्त सम्बोधन समेत गरेका थिए। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पुगेर नियन्त्रणमा लिएको थियो।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.