अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा रहेको गेटा अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको छ । सोमबार अस्पतालको चिकित्सकीय टोलीले ५० वर्षीय पुरुषको हातको पाखुरामा पलाएको सिस्टको शल्यक्रिया गरेर अस्पतालमा शल्यक्रिया सेवा सुरु गरेको हो ।
शल्यक्रिया टोलीमा सर्जन डा. शंकर अधिकारी , एनेस्थेसियोलोजिष्ट डा. आशिष तिवारी, नर्सिङ कर्मचारी रोशनी शाही, आरती भण्डारी, शर्मिला चौधरी र सहयोगी रोशनी चौधरी रहेका थिए । गेटा अस्पतालले थप स्वास्थ्य सेवाहरु विस्तार गर्दै गइरहेको छ ।