गोदावरी धाममा झोलुङ्गे पुल निर्माण हुँदै
झोलुङ्गे पुल निर्माणपछि गोदावरी धामको गरिमा अझ बढ्ने छ : नगर प्रमुख भट्ट
अत्तरिया : कैलालीको गोदावरी धाममा झोलुङ्गे पुल निर्माण हुने भएको छ । निर्माणका लागि डिपिआरको काम समेत अगाडि बढेको छ । अक्ष ईन्जिनियरिङ्ग प्रालिले गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट, वडा न. ४ का वडा अध्यक्ष हेमप्रकाश मल्ल सहित स्थानीय जनता तथा गोदावरी धाम विकास समिति प्रतिनिधिको उपस्थितिमा मंगबालर देखि डिपिआरका लागि नापजाँचको काम भएको हो ।
संघीय सरकारको आर्थिक सहयोगमा निर्माण हुँदै गरेको झोलुङ्गे पुलले धाममा तिर्थ यात्रा गर्ने आगन्तुकहरुलाई अवलोकन गर्न र बर्षातको समयमा गोदावरी नदीमा वारपार गर्न सहज हुने नगर प्रमुख विरेन्द्र भट्टले बताए । पुल निर्माणपछि गोदावरी धामको गरिमा अझ बढ्ने उनले विश्वास व्यक्त गरे ।
गोदावरी धामको छेउमा नै झोलुङ्गे पुल निर्माण गर्न लागेको नगर प्रमुख भट्टले बताए । पुलको निर्माणले धार्मिक तथा पर्यटकीय विकासका लागि कोशे ढुंगा सावित हुने बताए । गोदावरी धामको विकासका लागि बनाएको डिपिआर अन्तरगत रहेर यस क्षेत्रमा पुलको निर्माण आवश्यक रहेकोले मंगलबार देखि नै नापजाँचको काम अगाडि बढाएर छिटो काम सम्पन्न गराउन लागि पर्ने समेत बताए ।
नापजाँचका लागि ठाउँ छनौट गर्दै गर्दा प्रारम्भिक लम्बाईमा करिब २ सय मिटर लम्बाई रहेको जानकारी अक्ष ईन्जिनियरिङ्ग प्रालि प्राविधिक योगेन्द्र थापाले बताए ।
गोदावरी धामका सबै भौतिक संरचना अवलोकनका लागि गोदावरी नदीले असहज गरीरहेको भन्दै त्यहाँको समितिले पनि लामो समयदेखि नै झोलुङ्गे पुलको माग गर्दै आईरहेका थिए ।
यसै बिच गोदावरी नगरपालिका वडा न. ४ का वडा अध्यक्ष हेमप्रकाश मल्लले २०८४ मा लाग्दै गरेको महाकुम्भको मेलामा श्रद्धालु भक्तजनहरुलाई पर्यटकीय एव् धार्मिक विकासका लागि सहयोग गर्ने बताएका छन । विगतका वर्षमा पनि यस ठाउँको विकास हुँदै आएको र पुल निर्माणले पनि मान्छेहरुलाई आवतजावत गर्नका लागि सहज हुने उनले बताए ।
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित प्राचिन मन्दिर जोड्ने गरी धार्मिक पर्यटकीय पुलको अवधारणा ल्याइएको गोदावरी धाम विकास समिति सह सचिव दिपेन्द्र अवस्थीले जानकारी दिए । पुल पर्यटकीय गन्तव्यको रुपमा विकास हुने भएकाले यस ठाउँको प्रवद्र्धनमा जुटेको छ । झोलुङ्गे पुललाई केन्द्रित गरेर नगर पालिकाले पर्यटन विकासका योजना अगाडि बढाएको मेयर भट्टले बताए । गोदावरी धाममा मेला लाग्ने ठाउँमा पुल नहुँदा वारी र पारिका जान कठिन हुने गरेको छ । बर्खायाममा विशेष समस्या हुने गरेको छ । गोदावरी धामको मुख्य मन्दिरमा बर्खामा सम्बन्ध टुट्ने गरेको छ । पुल निर्माण भएमा गोदावरी धाम पुग्ने धार्मीक पर्यकहरु अझ बढ्ने अपेक्षा गरिएको छ ।