कृष्णपुरमा प्लाष्टिकका माला बिक्री वितरणमा रोक

अत्तरिया, ९ कात्तिक : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले तिहारका बेला प्लाष्टिकबाट बनेका माला र फूल बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यले नगरपालिकाले प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो ।
नगरपालिका क्षेत्रभित्र प्लाष्टिकबाट बनेका माला बिक्री वितरण गर्न नपाउने गरी निर्णय गरिएको नगर प्रमुख हेमराज ओझाले बताएका छन् । अटेर गरेर प्लाष्टिकबाट बनेका माला बिक्री वितरण गरेको पाइए प्रचलित कानूनअनुसार हदैसम्मको कारबाही गर्नाका साथै बिक्रीका लागि ल्याइएका माला जफत गरिने उनले बताए ।
कृष्णपुर नगरपालिका क्षेत्रमा तीन किसानलाई अनुदान रकम उपलव्ध गराई व्यवसायिक खेतीमा संलग्न गराइएको र अन्य किसानलाई पनि व्यवसायिक फूल खेती गर्नका लागि अनुदान दिने तयारीमा उनले बताए । ‘नगरपालिकाले यस आर्थिक बर्षको नीति तथा कार्यक्रममा स्वदेशी उत्पादन फूलका मालालाई प्रोत्साहन गर्न र प्लाष्टिक जन्य सामग्रीहरुको न्यूनीकरण गर्न भारतबाट भित्रिने फूलका मालाहरुलाई निरुत्साहित गरि आयात तथा विक्रि वितरण नीति लिएको छ’, उनले भने । ‘त्यसले गर्दा नजिक आएको शुभ–दिपावली तथा छठ पर्वमा प्लाष्टिकजन्य माला फूल प्रयोग नरिदिनुहोला ।’ यदि कहि नीति विपरित प्रयोग गरेको भेटिएमा कारवाही हुने नगरपालिकाले शुक्रबार एक सार्वजनिक सुचाना जारी गरि जनाएको छ ।
प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा रोक लगाउने जिल्लाकै पहिलो नगरपालिका कृष्णपुर बनेको छ । यसअघि कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, टीकापुर नगरपालिका र बर्दगोरयिा नगरपालिकाले प्लाष्टिक माला बिक्रीमा रोक लगाएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.