अत्तरियामा सालका गोलिया सहित मिनि ट्रक नियन्त्रणमा

अत्तरिया : कैलालीको अत्तरियामा अवैध काठसहित एक जना पक्राउ परेका छन्। शुक्रवार चुरे गाउँपालिका–६ का २७ वर्षीय भक्तबहादुर थापा अवैध काठसहित पक्राउ परेका हुन्। उनले चलाएको से १ ख १३५० नम्वरको मिनिट्रकमा इलाका प्रहरी कार्यालय मालाखेती मातहतको अस्थायी प्रहरी पोष्ट चौकीडाँडाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

मिनिट्रकभित्र चार थान सालको गोलीया ५४ दशमलव ७७ क्यूफिट काठ बरामद गरिएको छ। करिब एक लाख मुल्यको काठ, मिनिट्रक र चालकलाई सव–डिभिजन वन कार्यालय धनगढी पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.