डोटीको घाङल प्रहरी चौकीका वरिष्ठ हल्दार धामीको धनगढीमा मृत्यु

अत्तरिया : डोटीको घाङल प्रहरी चौकीका वरिष्ठ हल्दार केशवसिंह धामीको धनगढीमा मृत्यु भएको छ। ड्युटीमै रहेका बेला बेहोस भएर अस्पताल ल्याइएका प्रहरी वरिष्ठ हवलदार धामीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सूर्यप्रकाश भट्टले हिजो राति ८ः३० बजेको समयमा धामी बेहोस भएका बताए। दार्चुलाका घर भएर डोटीस्थित प्रहरी चौकी घाङलमा कार्यरत धामी अचानक बेहोस भएपछि उनलाई धनगढी ल्याइएको थियो। तर, धनगढीस्थित सेती प्रादेशिक अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। धामीको पोस्टमार्टम भएको छैन। मृत्युको कारणसमेत खुलेको छैन।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.