मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

अत्तरिया : कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री डम्बरा ओलीको मृत्यु भएको छ । आईतबार राती कैलाली, घोडाघोडी न.पा. १० थारु चोक नजिक पुर्ब पश्चिम राजमार्गमा पुर्बबाट पश्चिम तर्फ आउदै गरेको सु.प.प्र.०१–०११ प ४६४३ नम्बरको मोटरसाइकलले सोही ठाउँ बस्ने पैदल यात्री बर्ष ५४ की डम्मरा ओलीलाई ठक्कर दिएको थियो ।

गम्भिर घाईते भई उपचारको लागि घोडाघोडी अस्पताल सुखड हुँदै निसर्ग अस्पताल धनगढी कैलाली लगिएको र उपचारको क्रममा सोही राती उनको मृत्यु भएको, प्रहरीले जनाएको छ । मोटरसाइकल र चालक १ बस्ने बर्ष २५ को हेमन्त सापकोटालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.