कानुनविपरीत काम गर्ने सबै अनुसन्धानको दायरामा आउनुपर्छ : गगन थापा

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानुनविपरीत कार्य गर्ने सबै कानुनी प्रक्रियाअनुसार अनुसन्धानको दायरामा आउनुपर्ने बताएका छन् । ‘कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानुनले स्वतन्त्र र निर्भीक रूपमा आफ्नो काम गर्न पाउनुपर्ने’ कानुनी शासनको मान्यता स्मरण गर्दै उनले यस्तो बताएका हुन् ।

जन्म जयन्तीको अवसरमा कांग्रेसका संस्थापकमध्येका एक स्व। गणेशमान सिंहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै थापाले फेसकुबमा लेखको छन्, ‘सहकारी प्रकरण होस् की जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस की टाढाको होस्, नयाँ होस् की पुरानो होस्, भिडको होस् की टाकुराको होस्, एक्लो होस् की शक्तिशाली होस् कानुन सबैको लागी बराबर हुनुपर्छ ।’ गल्ती गर्नेले सजाय भोग्नुपर्ने, सबै कानुनी दायरामा आउनुपर्ने र सबैले आफ्नो भागको कानुनी दायित्व बोक्नुपर्नेमा महामन्त्री थापाले जोड दिएका छन् ।

‘कुनै पनि व्यक्तिलाई राज्यले ‘सेलेक्टिभ’ ढंगले हेर्न पाइँदैन । यो विचार, आबद्धता वा पृष्ठभूमिको आधारमा हुने छनोटको विषय होइन, विधिको विषय हो,’ उनले लेखेका छन्, ‘म यो मान्यतामा अटल विश्वास गर्छु । त्यसैले बन्द कोठाको बैठकमा होस कि सार्वजनिक स्थानमा होस, पार्टी सरकार मा हुँदा होस कि प्रतिपक्षमा हुँदा होस मेरो यो मान्यता र विश्वास बदलिँदैन ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.