अत्तरिया : नेपाली कांग्रेस पार्टी सभापति तथा पुर्वप्रधानमन्त्री शेरवहादुर देउवाले मातृ शोकमा रहेका युवा नेता लोकराज पाण्डे ‘आगो’लाई उनको घरमा पुगेर संम्वेदना दिएका छन् ।
आईतबार युवा नेता आगोको घर अत्तरियामा पुगेर मातृ शोकमा परेका उनलाई देउवाले संम्वेदना दिएका हुन् । संम्बेदना दिनका लागि गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट सहित सुदूरपश्चिम प्रदेशका नेता कार्यकर्ता, जनप्रतिनिधि सँगै स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो । पाण्डे नेपाली कांग्रेस अत्तरियाका प्रभावशाली नेता सँगै गेटा मेडिकल विश्वविद्यालय संचालनका लागि संघर्ष समितिका संयोजक समेत रहेका छन ।
सम्बन्धित पाेस्टहरु