Agni Offset Press

उदयदेव बहुउद्देश्यीय सहकारी संस्था : गुलरिया सेवा केन्द्रको २६ औं इकाईगत साधारण सभा सम्पन्न

Aarati simant

अत्तरिया, २६ कात्तिक : केन्द्रीय कार्यालय कञ्चनपुरको महेन्द्रनगर रही विभिन्न क्षेत्रमा सेवा केन्द्र विस्तार गरी सेवा उपलब्ध गराउँदै आइरहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले गुलरिया सेवा केन्द्रको २६ औं इकाईगत साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाका सञ्चालक समितिका अध्यक्ष नारा जोशीको सभापतित्वमा आयोजित कार्यक्रमको प्रमुख अतिथि कृष्णपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष अर्जुन साउद रहेका थिए । प्रमुख अतिथि साउदले सहकारी संस्थाले सहज तरिकाले ऋण प्रदान गरी आम नागरिकको जीवनस्तर उकास्न सहज साथै आत्मनिर्भर बनाउनको लागी विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आइरहेको भनाई रहेको छ ।
सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत सञ्चालक समितिका अध्यक्ष नारा जोशीले गरेकी थिईन् भने लेखा समितिको प्रतिवेदन प्रस्तुत लेखा समिति सदस्य भीम राज भट्टले गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष जोशीले संस्थाले स्थापना काल देखि नैं सदस्यहरूको आर्थिक, सामाजिक, सांस्कृतिक अवस्थामा सुधार ल्याई समय सापेक्ष संस्थालाई सदैव स्वस्थ र गतिशील बनाउन मुख्य उद्देस्य रहेको बताए । उनले २०५६ सालमा स्थापना भएको संस्थामा हाल २५ हजार ४० जना शेयर सदस्यहरु रहेकोमा संस्थाको शेयर पूंजी गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्ष २०८१ मसान्त सम्ममा ९.१७ प्रतिशतले वृद्धि भई २० करोड ५८ लाख ६९ हजार १ सय पु¥याउन सफल भएको बताए । संस्थाले निक्षेप तर्फ यस वर्ष १ अर्ब ७८ करोड ७ लाख ४ हजार रुपैयाँ बराबरको बचत संकलन गरेको छ जुन गत वर्षको तुलनामा १५ दशमलव ७८ प्रतिशतले वृद्धि भएको छ । यस्तै संस्थाले यस आर्थिक वर्ष ०८०÷०८१ मा १ अर्ब ५१ करोड ९७ लाख ८९ हजार ऋणमा लगानी गरेको बताए ।
संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मसान्त सम्ममा २ अर्ब ४६ करोड ३१ लाख ९७ हजार बराबरको आर्थिक कारोबार गरेको छ भने उक्त कारोबारबाट सम्पूर्ण खर्च कटाई ७ करोड १७ लाख ९८ हजार ४८३ रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
सभामा २ जना जेष्ठ नागरिकलाई दोसल्ला ओडाएर सम्मान, ३ जना उद्यमीलाई सम्मान सँगै बाल बचत तर्फ सदस्यका बच्चाहरूलाई झोला लगायत स्टेशनरी सामग्री वितरण गरिएको थियो । २०७२ सालमा गुलरिया सेवा केन्द्रको रुपमा सञ्चालनमा आएको यस सेवा केन्द्रमा हाल १९ सय भन्दा बढी सदस्यहरू आबद्ध रहेका छन् । शाखा प्रमुख सुरेन्द्र देव भट्टले संस्थाले हरेक वर्ष झै वार्षिक कार्यक्रम अन्तर्गत आफ्ना सदस्यहरूलाई प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको सहयोगमा ५० प्रतिशत अनुदानमा स्प्रे ट्यांकी साथै सहुलियत मूल्यमा धान, गहुँ, मकै बीउ वितरण गरिएको बताए । उनले सदस्यहरूलाई जीवनस्तर उकास्न सहजतकलगी विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आइरहेको समेत भट्टले बताए । संस्थाका उपाध्यक्ष निरञ्जनप्रसाद भट्टले स्वागत मन्तव्य गरेको सभामा कार्यक्रमको सञ्चालन संस्थाका कार्यकारी प्रमुख गणेशबहादुर चन्दले गरेका हुन ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.