अत्तरिया, ३० कात्तिक : परराष्ट्र मन्त्री डाक्टर आर्जु राणा देउवाले गेटामा मेडिकल विषयको अध्यापनका लागि सरकारले रणनीति तयार गरिरहेको दावी गरेकी छन् । शुक्रवार गेटा विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री राणाले गेटाको विषयमा सरकारले काम गरिरहेको दावी गरेकी हुन् । उनले स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र नेपाल सरकारले गेटामा मेडिकल विषयको अध्यापन सुरू गर्न संयुक्त रुपमा रणनीति तय गरिरहेको बताइन् ।
‘नेपाल सरकार, स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयले गेटामा मेडिकल विषयको अध्यापन सुरू गर्ने विषयमा रणनीति बनाइरहेको अवस्था हो’, उनले भनिन्, ‘गेटामा यतैको डाक्टर श्रीपाइली निर्देशक हुनु भएको छ र यहाँको सबैले गेटा सञ्चालनका लागि सकारात्मक भूमिका खेल्नुपर्छ भन्ने मेरो आग्रह छ ।’
यस्तै, परराष्ट्र मन्त्री डा देउवाले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण पछि भारतको पनि भ्रमण हुन सक्ने बताईन् । उग्रतारा मेलाका लागी डडेल्धुरा जानेक्रममा धनगढी विमानस्थलमा शुक्रबार पत्रकार संग संक्षिप्त प्रतिक्रिया दिदै परराष्ट्र मन्त्री डा. आरजु राणाले मंसिर दोस्रो साता हुने गरी गृहकार्य भइरहेको भए पनि विस्तृत कार्यतालिका टुंगिन बाँकी रहेको बताईन् । उनले आफ्नो भ्रमणका लागी मन्त्रालयको टोलीले तयारी थालेको जानकारी दिइन् ।
भ्रमणको एजेण्डा चिन पक्षबाट आउँन बाँकी रहेको हुदाँ त्यहि अनुसारको तयारी भईरहेको उनको भनाई छ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता सहकार्यलाई सहज बनाउन दुई दलीय कार्यदल बनाएको बताईन् । मन्त्री राणाले यसले सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन सहजीकरण गर्न बताईन ।
डडेल्धुराको उग्रतारा मेलामा सहभागी हुन मन्त्री राणा शुक्रवार धनगढी आइपुगेकी हुन् । उनलाई प्रदेश मन्त्री, संघीय सांसद, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र नेपाली काँग्रेसका नेता कार्यकर्ताले विमानस्थलमा स्वागत गरेका थिए ।
सम्बन्धित पाेस्टहरु