कैलाली जिल्लामा हुने समन्वय प्रमुखको निर्वाचनमा काँग्रेसका उम्मेद्वारलाई सघाउने संयन्त्रको निर्णय

धनगढी : मंसिर १६ गते हुने जिल्ला समन्वय समिति कैलालीको प्रमुखको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेद्वारलाई सहयोग गर्ने दुई दलिय संयन्त्रले निर्णय गरेको छ । आज (आइतबार) धनगढीमा बसेको एमाले र काँग्रेसको दुई दलीय संयन्त्रको बैठकले प्रमुखमा काँग्रेसका उम्मेद्वारलाई सहयोग गर्ने निर्णय गरेको संयन्त्रका सदस्य एवं नेपाली काँग्रेस कैलालीका सचिव केशब मिश्रले जानकारी दिए । उनका अनुसार प्रमुखमा काँग्रेसका उम्मेद्वारलाई सहयोग गर्न नागरिक उन्मुक्ति पार्टी संग पनि छलफल गरिने भएको छ । काँग्रेसका उम्मेद्वार निर्विरोध प्रमुख चुनिने सम्भावना बढेको सचिव मिश्रले बताए ।
संयन्त्रमा एमालेका कैलाली ईन्चार्ज नारदमुनी राना, जिल्ला अध्यक्ष यज्ञराज ढुंगाना, ममता चौधरी काँग्रेसका तर्फबाट पार्टी सभापति नारायणदत्त भट्ट, उपसभापति खेम चौधरी र जिल्ला सचिव केशब मिश्र रहेका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.