बझाङमा २३ बर्षीय युवतीको सेती नदीमा बगेर मृत्यु

बझाङ : बझाङस्थित सेती नदीमा चिप्लिएर खस्दा एक युवतीको मृत्यु भएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–१ काप्रिगाउँकी २३ वर्षीया संगीता जोशीको सेती नदीमा चिप्लिएर खस्दा आइतबार ज्यान गएको हो।
आइतबार बिहान करिब १० बजेतिर स्थानीय भाँडे बजारमा सामान पुर्‍याएर घर फर्किने क्रममा सोही वडाको भण्डारीगाउँ नजिकै सेती नदीमा चिप्लिएर बग्दा उनको ज्यान गएको बताइन्छ। जोशी चिप्लिएर लडेको स्थानबाट करिब ५ सय मिटर तल सेती नदीमा बगेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। उनी भाँडेबजार झोलुङ्गे पुल नजिकै मृत अवस्थामा फेला परेकी थिइन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.