धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

अत्तरिया : सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी आज (मंगलबार) धनगढीमा सुरु भएको छ । गोष्ठीको उद्घाटन गृहमन्त्री रमेश लेखकले गरेका छन्। उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले प्रहरी समायोजन ऎन चाँडै आउने बताए । मन्त्री लेखकले प्रहरी समायोजन ऐन नआउँदासम्म प्रदेश सरकारको समन्वयमा काम गर्न सुरक्षा निकायका अधिकारीहरूलाई निर्देशन समेत दिए।

नेपाल सरकार गृहमन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजित गोष्ठीमा
सुदूरपश्चिमका नौ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान गरी तीन वटै सुरक्षा निकायका जिल्ला प्रमुखहरुको उपस्थिति रहेको छ ।

गोष्ठीमा गृहमन्त्री लेखकले सुदूरपश्चिममा भारतीय सीमा क्षेत्रबाट लागूऔषध ओरापसार व्यापक भइरहेकोले निर्मम भएर नियन्त्रणमा लाग्न सुरक्षा निकायलाई निर्देशन दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.