बाजुरा विच्छयाँमामा रुखबाट च्यापिएर घाइते भएका २ जनालाई हेलिकोप्टरबाट सुर्खेत पठाइयो

बाजुरा : बाजुराको बिच्छ्याँमा आइतबार रुखमा च्यापिएर घाइते भएका दुई जनाको सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।

४८ वर्षीय सिदुपुरी रोकाया र अन्दाजी ३० वर्षीय पर्मलाल सुनारको आइतबार हेलिकोप्टर नपाएर उद्धार हुन सकेको थिएन। घाइते दुबै जनालाई उपचारका लागि सोमबार बिहानै सुर्खेत पठाइएको बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए।

रुखमा च्यापिएर हिमाली गाउँपालिका–३ बिच्छ्याँका ४३ वर्षीय सुपधन बुढाको घटनास्थलमै मृत्यु भएको थियो। गाउँमा बिजुली पुगाउन काठको पोल बनाउन सल्लाको रुख काट्दै गर्दा रुखमा च्यापिएर एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने रोकाया र सुनार गम्भीर घाइते भएका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.