Agni Offset Press

सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल

Aarati simant

अत्तरिया, १२ मंसिर : नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता भएको छ । माया मेट्रो र रोयल्सबीच मेडिकल पार्टनरका लागि एक कार्यक्रमका बिच सम्झौता भएको हो ।
सम्झौता पत्रमा रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले हस्ताक्षर गरेका छन् । सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो ।
एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ । मंसिर १५ देखि पुस ६ गते सम्म हुन लागेको एनपिएलमा सुदूरपश्चिमको मार्की खेलाडीमा दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा रहेका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.