Agni Offset Press

दुर्गममा विपद् र विपन्न नागरिकहरुको आयआर्जनमा काम गर्दै नेपाल रेडक्रस

Aarati simant

अछाम, १३ मंसिर : नेपाल रेडक्रस सोसाईटीले अछामको केहि दुर्गम वडाहरुमा विपद् र विपन्न नागरिकहरुका लागि आयआर्जनका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । अमेरिकन र ब्रीटिस रेडक्रसको आर्थिक सहयोगमा रेडक्रस अछाम शाखाले सुरक्षित नेपाल परियोजना लागू गरेको हो । दुई बर्षीय कार्यक्रम अन्र्तगत ११ महिना अगाडि जनावरी महिनाबाट सुरु गरेको जनाएको छ । अछामको साँफेनगर नगरपालिका र मेल्लेख गाउँपालिका केहि वडामा कार्यक्रम सञ्चालन भएको हो । नेपाल रेडक्रस सुदूरपश्चिम कार्यलयका अधिकृत सन्तोष ढकालका अनुसार साँफेनगरको ९, १४ वडा र मेल्लेख गाउँपालिकाको ४,५, ७ वडा मा परियोजनाले काम गरिरहेको छ ।

दुर्गमका नागरिकहरुलाई प्राकृतिक विपद् सम्म केहि पनि थाह नभएको अवस्थामा रेडक्रसले परियोजना लागू गर्दा केहि भए पनि सचेत बन्न सहयोग पुगेको स्थानीय अगुवाहरु बताउने गरेका छन् । मेल्लेख गाउँपालिका–७ नन्देगडामा रहेको दुर्गा प्राविधिक शिक्षालयका प्रधानाध्यापक कृष्णबहादुर विकले समुदायस्तरमा नागरिकहरुलाई विपद्का बारेमा सचेत गराएको बताए । ‘दुर्गम वडा हो । नागरिकहरुहरुको प्राय समय काममा बढी व्यस्त हुन्छन् । उनीहरुलाई विपद् भनेको केहि थाह नै छैन् । अहिले विद्यालय लगायत समुदायमा विपद् सम्बन्धि सडक नाटक देखि जनचेतनाका कार्यक्रम समय–समयमा भईरहेका छन्’, उनले भने ‘यसले नागरिहरु सचेत हुन पक्कै पनि सहयोग पुग्छ ।’ विद्यालयमा विद्यार्थीहरु जुनियर रेडक्रस गठन गरी विपद्मा कसरी बच्ने भन्ने बारे महिना–महिना सचेतनाका कार्यक्रमहरु सञ्चालन गरिरहेको उनले बताए । सुरक्षित परियोजना अन्र्तगत साँफे र मेल्लेखका गरी एक हजार ६ सय तीन घरधुरीका १० हजार ७ सय ४८ जनसंख्या लाभावित हुनेछन् । विद्यालयहरुमा विपद् व्यवस्थापन समिति समेत गठन गरेको छ । दुई पालिकाको ६ वटा विद्यालयमा समिति गठन गरेको हो । विपद्मा आईपर्ने समस्यालाई लियर विपद् कोष समेत खडा गरेको छन् । समितिको खाता सञ्चालन गरी ५० हजारका दरले कोष बनाएको सुरक्षित परियोजनाको विपद् जोखिम न्यूनीकरण अधिकृत कमला राईले जानकारी दिईन् । विपद् व्यवस्थापन समितिले नियमित बैठक बसेर प्राथमिक उपचार तालिम समेत लिने गेको उनले बताईन् । गाउँमा सम्भावित विपद्लाई लिएर नेपाल रेडक्रसले दुई पालिकामा १७ वटा खोज तथा उद्धार सामग्री समेत वितरण गरिसकेको छ । वडाहरुमा जोखिम क्षेत्र पहिचान गरेको छ । समुदायमा विपद् व्यवस्थापन कार्यलयहरु समेत स्थापना गरिएको परियोजनाले जनाएको छ । सबैजसो कार्यलयहरु सामुदायिक कार्यालयहरुमा रहेका छन् । यस परियोजनाले स्थानीय तथा र समुदायमा विपद्का बारेमा अपनत्व गराएको राईको भनाई रहेको छ । विपद् व्यवस्थापन समितिले कार्यलयहरुमा गुनासो बक्स राखेको छ । गुनासोहरुलाई बैठक बसेर सम्बोधन गर्ने गरेको उनको भनाई रहेको छ । केहि जोखिम क्षेत्रमा नेपियर र अम्लोसो घाँस रोपी पहिरो नियन्त्रणका लागि वृक्षारोपण गरिएको जनाएको छ ।
परियोजना अन्र्तगत विपद्मा अतिआवश्यक पर्ने झटपट झोला समेत वितरण गर्ने योजान रहेको नेपाल रेडक्रस सोसाईटी प्रदेशस्तरिय अनुगमन टिमलाई परियोजना अधिकृत राईले सुनाईन् । बुधबार गरिएको अनुगमन टिममा रेडक्रसको केन्द्रिय उपाध्यक्ष सुरेन्द्र ऐर, प्रदेश अध्यक्ष दिलबहादुर बुढा, लगायतको टिम रहेको थियो । परियोजानले गर्दा विद्यालयमा जुनियर रेडक्रस गठन गरी प्राकृतिक विपद् अघि र पछि हुने सम्भावित क्षतिका बारेमा विद्यार्थी र समुदायमा जानकारी भएको दुर्गादेवी प्राविधिक शिक्षालयको जुनियर शिक्षालयको जुनियर रेडक्रसको सदस्य जानकी बुढाले बताइन् । ‘रेडक्रसका बारेमा कितावमा त अध्ययन गरेको हो । तर, यसको काम र कतव्र्यका बारेमा सबै जानकारी थिएन’, उनले भनिन् । ‘अहिले जुनियर रेडक्रसले गर्दा नै विद्यालयका सबै विद्यार्थीहरुलाई जानकारी भएको छ ।’ अहिले सुरक्षित परियोजनाले गर्दा विद्यालयमा समेत विपद् अनुसार सुरक्षित क्षेत्र समेत पहिचान भएको उनले बताईन् ।
आर्यआजनका कार्यक्रमहरु समेत सञ्चालन
वडामा रहेका विपन्न नागरिकहरुलाई केहि भए पनि राहत हो भन्ने उदेश्यका साथ आयआर्जनका कार्यक्रमहरु समेत सञ्चालन गरेको छ । दुई पालिकाहरुको ५ वटा वडाका ५५ विपन्न परिवाहरुलाई आयआर्जनका कार्यक्रम सञ्चालन गरिरहेको हो । जिल्ला विपद् उद्धार समिति लगायत वडाले पहिचान गरेका ५५ परिवारलाई उनीहरुको समेत लगानी हुने गरी प्रति परिवार ४० हजारका दरले आयआर्जनका लागि नगद हस्तान्तरण गरेको जनाएको छ । ‘स्थानीय नागरिकहरुको आवश्यकता र मागका आधारमा आयआर्जनका कामहरु छनौट गरी पहिलो चरणमा २० हजार नगद दिने कार्यक्रम सम्पन्न भएको छ’, परियोजना अधिकृत राईले भनिन् । ‘यसले गर्दा केहि भए पनि व्यवसायमा सहयोग पुग्ने विश्वास परियोजानले लिएको छ ।’ नन्देगडा सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष नृपबहादुर बुढाले विपद् सामग्रीहरु प्राप्त भएको बताए । उनले भूगोलको आधारमा बढी स्ट्चरको बढी आवश्यकता रहेको औल्याए । तालिम लिएको व्यक्तिहरुलाई टिकाई राख्न समेत समस्या रहेको रेडक्रस प्रदेशले गरेको अनुगमका क्रममा उनले उनले उल्लेख गरे ।
विपद्मा रेडक्रसको सदासर्वदा लागिरहेको स्मरण गर्दै मेल्लेख गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रेमबहादुर महरले परियोजनासंग समन्वय गर्न तयार भएको बताए । ‘विपद् सबैलाई आवश्यक पर्छ’, उनले भने । ‘त्यसले गर्दा वडामा आउने बजेट लगानी गर्न तत्पर छौँ ।’
परियोजनाको गरिरहेको कामका बारेमा पालिकाहरु पनि सकारात्मक रहेका छन् । सरकारले गर्नुपर्ने काममा रेडक्रसले गरेको छ त्यसका लागि पालिका जहिले पनि सहकार्य र समन्वय गर्न तत्पर रहेको मेल्लेख गाउँपालिका कार्यवाहक अध्यक्ष समेत रहेका वडा नम्बर ५ का वडा अध्यक्ष प्रकाश अधिकारीले बताए । उनले विपद् व्यवस्थापन कोषलाई कुनै एक क्षेत्र मात्र भन्दा पनि वडालाई नै समेट्न सुझाव दिए ।

 

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.