कैलालीको भासु भिरमा मिनी ट्रक खस्यो

अत्तरिया : कैलालीको भासु भिरमा मिनी ट्रक खसेको छ। शनिबार बिहान पौने ५ बजे जिल्लाको चुरे गाउँपालिका–५ भासु भिरबाट सुदूरपश्चिम प्रदेश ००१ ख २५७६ नम्बरको मिनी ट्रक खसेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ट्रक भिरबाट करिब ६\७ सय मिटर तल खसेको अवस्थामा फेला परेको छ। घटनास्थलमा प्रहरी परिचालन गरिएको छ। ट्रक क्षतविक्षत अवस्थामा छ। तर मानवीय क्षति भने भएको खबर प्राप्त नभएको प्रहरीले जनाएको छ। विस्तृत विवरण अझै प्राप्त भइनसकेको कैलाली प्रहरीले  जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.