Agni Offset Press

शनिबारे महिला उद्यम मेलामा नृत्य प्रतियोगिता

Aarati simant

अत्तरिया : धनगढी उपमहानगरपालिकाले मंसिर १ गते देखि संचालनमा ल्याएको शनिबारे महिला उद्यम मेलामा आज धनगढी क्षेत्र भित्रका ९ वटा विद्यालयले नृत्य प्रतियोगिता गरेका छन । उनीहरुले राष्ट्रिय गीतमा नृत्य प्रतियोगिता गर्ने गरेको धनगढी उपमहानगरपालिका शिक्षा महाशाखाका प्राविधिक सहायक केशब खत्रीले जानकारी दिए ।

प्रथम हुनेलाई १० हजार, द्वितीयलाई ८ हजार, तृतीयलाई ७ हजार र सान्त्वनालाई ५ हजार पुरस्कार राशी रहेको उनले बताए । मेलामा महिलाले उत्पादन गरेका बिभिन्न बस्तु र खानपिनका कुराहरु राखिने गरेको छ । धनगढीको पार्कमोडमा शुरु गरिएको सो मेलाको उदेश्य घरमै बसेका महिला उद्यमीहरुलाई बजारसंग जोड्ने उदेश्यले धनगढी उपमहानगरपालिकाले मेला शुरु गरेको उनको भनाइ छ ।

मेला हरेक शनिबार दिउँसो २ बजेदेखि बेलुकी ६ बजेसम्म आयोजना हुने गरेको छ । महिला उद्यमीले घरमै उत्पादन गरेका झोला,चप्पल हातले बनाएका सामान,कपडा,दुना ,टप्परी,फाइबरका घर सजावटका फूलहरु महोत्सवका आकर्षक रहेका छन । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले महिलालाई लक्षित गरेर स्वरोजगार बनाउने उदेश्यले सो मेला शुरु गरेको बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.