बाजुरा स्वामिकार्तिक खापरको उपाध्यक्षमा एमाले विजयी

अत्तरिया : बाजुरा स्वामिकार्तिक उप निर्वाचनमा नेकमा एमाले विजयी भएको छ । २०७९ को स्थानीय तहको निर्वाचनमा १७३ मतले पराजित भएकी एमाले उम्मेदवार सुलोचना कुमारी भण्डारी बुढाले त्यो भन्दा बढि मत पाउँदै विजयी भएकी हुन ।

२०७९ को निर्वाचनमा एमाले काङ्ग्रेसकै प्रतिस्पर्धामा कांग्रेस उम्मेदवार मैनादेवी जैसी विजयी भएकी थिइन् ।जोशीले एक हजार ८१० ल्याएर विजयी हुँदा बुढाले एक हजार ६३७ पाएकी थिइन्। जोशीको निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार पुलतीसरा शाहीलाई २६६ मतले पछि पार्दै सुलोचना निर्वाचित भएकी हुन् ।
सुलोचना १ हजार ७४० मतसहित विजयी हुँदा कांग्रेस उम्मेदवार पुलतीसराले १ हजार ४७४ मत पाइन् । नेकपा एकीकृत समाजवादीकी जवा शाहीले ५५३ पाएकी छन् । ७ हजार ४६० मध्ये ३ हजार ९०३ जनाले मतदान गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.