अत्तरिया : दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा आइतबार भएको उपनिर्वाचनबाट नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी भएका छन् । कांग्रेसका उम्मेदवार कुँवर ले ३७६ मत प्राप्त गरेर विजय भएका हुन ।
उनका निकटतम प्रतिद्धन्द्धी नेकपा (एमाले) का उम्मेद्वार मानसिहं बडालले ३५८ मत प्राप्त गरेका छन् । यस्तै नेकपा (माओवादी केन्द्र) का उम्मेदवार वीर सिंह कार्कीले ९८ मत र स्वतन्त्र उम्मेदवार लालसिंह कुवँरले अर्ना चिन्हमा २५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २० मत बदर भएको छ ।
१२७२ मतदाता रहेको दुहुँ ५ मा ८७७ मत खसेको थियो । दुहुँ-५ मा तत्कालीन वडाअध्यक्ष मनोरथ भट्टको निधन भएपछि उपनिर्वाचन भएको हो ।