Agni Offset Press

सुप विश्वविद्यालयका उपप्राध्यापक श्रीमती कुटेको आरोपमा पक्राउ

Aarati simant

अत्तरिया : सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पक्राउ परेका छन्। श्रीमती कुटपिटको आरोपमा विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगरमा कार्यरत उपप्राध्यापक पृथ्वीराज भट्टलाई प्रहरीले पक्राउ गरेको हो।

शनिबार गोबरैयास्थित घरमै श्रीमती जयन्ती भट्टमाथि कुटपिट गरेको आरोपमा माइती पक्षले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। शनिबार गोबरैयास्थित घरमै श्रीमतीमाथि कुटपिट गरेको आरोपमा माइती पक्षले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। मर्निङ ग्लोरी स्कुलका सञ्चालकसमेत रहेका उनले आफ्नी श्रीमतीलाई कुटेका थिए।
घरायसी विवादका क्रममा मरणासन्न हुने गरी कुटपिट गरेको भन्दै भट्टविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी नै परेको थियो। कुटपिटबाट उनकी श्रीमती घाइतेको भएर धनगढीमा उपचार गरिएको थियो। उनले आफ्नी श्रीमतीको टाउकोमा हानेका थिए। सोही प्रकरणमा उनी पक्राउ परेका हुन्। अहिले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उपप्राध्यापक भट्टले पटकपटक श्रीमतीलाई यातना दिँदै आएको आरोपसमेत छ।
आफन्तका अनुसार २०७७ साल भदौ महिनामा गर्भवति अवस्थामा रहेको बेला पनि उनले निर्घात कुटपिट गरेर वडा प्रहरी कार्यलय कञ्चनपुरमा माफी मागेर छुटेका थिए। त्यसपछि २७९ सालमा पनि कुटपिट गरि सेती प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो। त्यतिबेला घरायसी सहमतिमा भट्टले माफी मागेका थिए।
पुनः कुटपिट गरेर पटकपटक गल्ती गर्दै आएपछि उनी विरुद्ध प्रहरीमा उजुरी नै परेको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेशराज जोशीका अनुसार कुटपिट गर्ने भट्टलाई हिजो (सोमबार) नियन्त्रणमा लिएको बताए। उनी विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएर अदालतबाट म्याद थपको प्रक्रिया चलिरहेको उनले बताए।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.