अत्तरिया : कैलालीमा बसको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका–८ को मसुरियामा सुपप्र ०१–००१ ख ३५२० नम्बरको बसको ठक्करबाट नगरबहादुर विककी १३ वर्षीया छोरी हरिना विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिकलाई बाटो क्रस गर्ने समयमा पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको सो बसले गौरीगंगा नगरपालिका–९ रजियाकी हरिनालाई मंगलबार बिहान साढे ६ बजे ठक्कर दिएको थियो । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक घोडाघोडी नगरपालिका–१ का राजेश चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान जारी छ ।