कैलालीमा सात ग्राम लागुुऔषधसहित तीन जना पक्राउ

अत्तरिया : कैलालीमा सात ग्राम लागुऔषधसहित तीन जना पक्राउ परेका छन। जिल्लाको टीकापुर नगरपालिका–९ खक्रौटाबाट सात ग्राम लागुऔषधसहित तीन जनालाई मंगलबार पक्राउ परेका हुन।

टीकापुर नगरपालिका–१ वनगाउँका २३ वर्षीय शिवम थापामगर, २७ वर्षीय विकास चौधरी र २७ वर्षीय विज्ञान शाही लागुऔषधसहित पक्राउ परेका छन् । उनीहरुको साथबाट सात ग्राम ५९० मिलिग्राम खैरो हेरोइन फेला परेको हो। प्रहरी चौकी कालाकुण्डाका प्रहरी नायव निरीक्षक विशालदत्त भट्टको समूहले उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.