लम्कीमा स्कुल बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु

अत्तरिया : कैलालीमा स्कुल बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका–१० चुहा स्थित भित्रि सडक खण्डमा मप ०३–००१ क २९४१ नम्बरको सनराइज स्कूलको बसले बिपरित दिशाबाट आउदै गरेको से ३ प ४७९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक जोशिपुर गाउँपालिका–७ बस्ने ३० वर्षीय एकतन चौधरी गम्भिर घाईते भएका थिए।

एकतनलाई उपचारको लागि टिकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा सोही दिन नै मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डीएसपी कबिन्द्रसिँह बोहराले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.