धनगढीका नगरप्रमुख हमालको स्वास्थ्य अवस्था स्थिर

अत्तरिया : धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ। नगरप्रमुख हमालका भाइ श्याम हमालले दिएको जानकारी अनुसार दिल्लीको साकेतस्थित म्याक्स अस्पतालको न्युरोइन्टेन्सिभ केयर आइसीयू र स्ट्रोक युनिटमा नगरप्रमुख हमालको उपचार भइरहेको छ। उपचारको क्रममा चिकित्सकहरूले विभिन्न परीक्षणहरू गरिरहेको श्याम हमालले जानकारी दिए ।

चिकित्सकहरुले उनलाई ४८ घण्टा निगरानीमा राखेर त्यसपछि आगामी उपचार प्रक्रिया निर्धारण गर्ने नगरप्रमुखका भाइ श्यामले बताए। हिजो माया मेट्रो अस्पताल धनगढीबाट दिल्ली लगिएको थियो। नगरप्रमुख हमालको नशामा समस्या देखिएपछि दिल्ली लगिएको थियो।

नगरप्रमुखका भाइ श्यामले भने, ‘नशा सुन्निएपछि उनलाई थप उपचारका लागि दिल्ली लगिएको हो। अहिले अवस्था स्थिर छ। भोलि आउने रिपोर्टले मात्र थप स्वास्थ्य अवस्थाको बारेमा जानकारी हुनेछ।’ साथै नगरप्रमुख हमालले सामान्य अवस्थामा जस्तै कुराकानी गरिरहेको भाइ श्यामले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.