बाजुरामा स्कारपियो दुर्घटना : कञ्चनपुर घर भएका दुई जनाको मृत्यु

बाजुरा : बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुर भिमदत्त नगरापलिका १८ कि ५२ वर्षीया राधिका भट्ट र कञ्चनपुर नै घर भएका ३१ बर्षीय गायत्री पन्तको मृत्यु भएको छ । भट्टको उपचारका क्रममा र पन्तको घट्नास्थलमा नै मृत्यु भएको हो । आईतबार दिउसो सु.प.प्र. ०१००१ च ४३१६ गाडी बडीमालिका नगरपालिका ८ को अपि होटल नजिकैबाट करिव १ सय मिटर तल खसेर दुर्घटनामा परेको जनाएको छ ।
त्यस्तै दुर्घटनामा परेर घाइते हुनेमा गौमुल गाउँपालिकाका २५ वर्षीया रमेश धामी, कन्चन्पुरको भिमदत्त नगरपालिका १७ का ३९ वर्षीया लोकेन्द्र पन्त, र कृष्णपुर नगरपालिका ५ का मोहनदेव भट्ट रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक दिलिप गिरीले बताए । घाइतेको जिल्ला अस्पताल बाजुरामा उपचार भईरहेको उनले बताएका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.