पत्रकार महासंघ निर्वाचनः सुदूरपश्चिम प्रदेशका उम्मेदवारको अन्तिम नामावली प्रकाशित

अत्तरिया : सुदूरपश्चिम प्रदेश पत्रकार महासङ्घको निर्वाचनमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिएको छ । निर्वाचन समितिले आज प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार अध्यक्षको लागि दुई जनाको उम्मेदवारी कायम भएको छ । अध्यक्षमा भरतबहादुर शाह र मीनबहादुर बमले उम्मेदवारी कायम भएको छ ।

अध्यक्षमा उम्मेदवारी दिएका केशवराज जोशीले उम्मेदवारी फिर्ता लिएपछि दुई जना प्रतिस्पर्धी बनेका हुन । उपाध्यक्षमा मानबहादुर साउद र राम धामीको उम्मेदवारी कायम भएको छ । महिला उपाध्यक्षमा कालिमैया चौधरी र हेमन्ती डगौरा चौधरी तथा महासचिवमा शिवराज भट्ट र हरि जोशीको उम्मेदवार बनेका छ्न ।

सचिवमा धनराज साउद र भुवनेश्वरप्रसाद बोहराको उम्मेदवारी कायम भएको छ । सचिवमा उम्मेदवारी दिएका शैलेन्द्र रोकायाले उम्मेदवारी फिर्ता लिएका छ्न । त्यस्तै,सचिव समावेशीमा इन्द्राकुमारी केसी र मुकेश टेर्राको उम्मेदवारी कायम भएको छ । सचिवमा उम्मेदवारी दिएका रमेश परियारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।

कोषाध्यक्षमा वरुण पनेरु र हर्कबहादुर विक (हरिश)को उम्मेदवारी रहेको छ । ५ सदस्यका लागि ११ जनाको उम्मेदवारी परेकोमा दुई जनाको उम्मेदवारी रद्ध भएको छ भने एक जनाले उम्मेदवारी फिर्ता लिएका छ्न । उम्मेदवारी दिने समयावधि नपुगेका कारण आशिषबहादुर सिंह र जनार्दन उपाध्यायको उम्मेदवारी रद्ध भएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै लिलाजंग शाहीले उम्मेदवारी फिर्ता लिएको जनाइएको छ । सदस्यमा अर्जुनबहादुर सिंह,केशवदत्त भट्ट, कृतबहादुर विष्ट, दिनेशबहादुर कठायत, पदमबहादुर बोहरा, वासुदेव भट्ट,रमेशकुमार केसी र सुभाष कठायत उम्मेदवारी कायम भएको छ । यसाघि ३ महिला सदस्य, १ दलित सदस्य , २ जनजाति सदस्य, १ मधेसी सदस्य र १ अल्पसङ्ख्यक÷ अपांग गरि ८ जना निर्विरोध निर्वाचित भइकएका छ्न ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.